परिचय



अभिनव.कम के हो?
यो एउटा सामान्य ब्लग हो | यसमा कला, साहित्य र जीवनशैली सम्बन्धि लेख तथा साहित्यिक रचनाहरु पोष्ट गरिन्छ |

मेरो परिचय 
चितवन स्थाई घर भएको अजय ढुंगाना एक आम नेपाली नागरिक हो | पछिल्लो झन्डै तिन बर्ष पढाईका शिलशिलामा उ बेलायतको राजधानी लण्डनमा छ |

अध्ययन
MBA (finance)

किन पढ्ने अभिनव.कम?
बरिष्ठ सहित्यकारहरुका लेख र रचनाहरु यसमा क्रमश राखिदै गएका छन् त्यसका अलावा नयाँ सर्जकहरुका रचनाहरु पनि यसमा राखिदै गएका छन्, साथ-साथै कला र जीवनशैलीका विभिन्न पाटोहरु यसमा समात्ने कोशिश गरिएको छ, तपाई ति सबै पढ्न रुचाउनु हुन्छ भने त्यसका निम्ति एउटा सुन्दर थलो हुन सक्छ अभिनव.कम |

अभिनव.कम कुनै राजनैतिक दलसंग वा धर्मसंग सम्बन्धित छ?
अभिनव.कम कुनै पनि राजनैतिक दल र आस्थासंग सम्बिन्धित छैन | यो बिषयमा हामी तटस्थ छौ | हामी संसारमा मानवताभन्दा ठुलो अरु कुनै धर्म छैन भन्नेमा बिश्वास गर्छौ |


अभिनव.कमलाई सामाजिक संजालमा कहाँ भेट्ने?
फेसबुमा अभिनव.कमको आफ्नै पेज छ, फेसबुक मार्फत जानकारी पाउन यहाँ गएर त्यो पेजलाई लाइक गर्नुपर्ने हुन्छ | टुइटरमा अभिनव.कम @abhinaw_com र अजय ढुंगानालाई @dh_ajaya मा फलो गर्न सक्नुहुन्छ | त्यस्तै गुगल प्लस मार्फत जानकारी पाउन चहानुहुन्छ भने यहाँ जानुहोला |
Ajaya Dhungana on Facebook
Ajaya Dhungana on Twitter
Ajaya Dhungana on Google Plus
Ajaya Dhungana on Instagram 

यसमा भएका सामग्री मन परें भने?
तत्काल प्रतिक्रिया दिन सक्नुहुन्छ, कुनै पोष्ट बिशेस भए हरेक पोष्टका मुन्तिर प्रतिक्रिया ब्यक्त गर्ने ठाउँ छ | अरु कसैले पनि नदेख्ने गरि प्रतिक्रिया ब्यक्त गर्न चहानुहुन्छ भने सम्पर्क पेजमा त्यसका लागि उपयुक्त फर्म छ र इमेल ठेगानाका बारेमा पनि जानकारी राखिएको छ | यदि तपाईलाई ब्लगका कुनै पनि कुरा मन परें भने यो ब्लग नहेर्नु नै उपयुक्त होला |

अभिनव.कममा लेख रचना प्रकाशित गर्न मन लागे के गर्ने?
त्यसका लागि तपाईले अभिनव.कमको अफिसियल इमेल ठेगाना (bloggeradmin@abhinaw.com)मा लेख वा रचना पठाउन सक्नुहुन्छ | प्राप्त लेख रचना प्रकाशित गर्ने नगर्ने अन्तिम निर्णय अभिनव.कमकै हुन्छ |



अभिनव.कम र यसको अभियानलाई आर्थिक सहयोग कसरी गर्ने?
पेपाल मार्फत अभिनव.कमलाई आर्थिक सहयोग गर्न सक्नुहुन्छ | हाम्रो पेपाल ठेगाना हो dh.ajaya@gmail.com


अभिनव.कमको सामजिक अभियान के हो?
हाम्रो सामजिक अभियानले मुर्तरुप पाईसकेको छैन, हाम्रो सरकारी स्कूलहरुमा शसक्त पुस्तकालय निर्माणमा सहयोग र दशैँ तिहार जस्तो पर्बको समयमा चितवनको दुर्गम बस्तिका पिछडिएका जात जातिलाई लत्ता कपडा र पर्ब मान्ने सामग्री वितरण गरि सहयोग हुनेछ र यो छिट्टै शुरु गर्ने सोच छ |

अजय ढुंगानाका रचनाका लिंकहरु